०९ असार २०८३, मंगलबार

७० वर्षअघि लुटिएको खजाना भेटिएको दाबी, हजारौं करोड रुपैयाँको सम्पत्ति

कात्तिक २०, २०७४
७० वर्षअघि लुटिएको खजाना भेटिएको दाबी, हजारौं करोड रुपैयाँको सम्पत्ति

काठमाडौं, ३१ असोज — जर्मनीको ड्रेस्डेन शहरमा तीनजना खजाना अन्वेषकहरूले हिटलरले लुटेको खजाना भेटेको दाबी गरेका छन् ।


दोस्रो विश्वयुद्धमा रुसमाथि जर्मनीले आक्रमण गरेपछि नाजी सेनाले त्यहाँको अमूल्य एम्बर रूमबाट सुन र हीराका गहनाहरू चोरेर अन्तै पु–याएका थिए ।

रुसको एम्बर रूम संसारकै सबभन्दा मूल्यवान र आफ्नो समयको उत्कृष्ट कलाकारिताका रूपमा चिनिन्थ्यो । रुसका तत्कालीन राजा फ्रेडरिकले सन् १७०१ मा यसको निर्माण गरेका थिए ।

यो विशाल कोठाका भित्ताहरूमा हीरा तथा अन्य बहुमूल्य पत्थर जडिएका थिए । तिनीहरू रातको अँध्यारोमा पनि चम्किन्थे ।

खजाना भेटेका तीनै अन्वेषक लियोनार्ड ब्ल्युम, गुन्टर एकहार्ट र पिटर लोर विगत केही वर्षयता खजानाको खोजमा जुटेका थिए ।

जियोराडार विशेषज्ञ लोरका अनुसार, सन् २००१ मा उनलाई यो खजाना जर्मनीमा लुकाइएको जानकारी प्राप्त भएको थियो । त्यसपछि उनी यसको खोजीमा थिए ।

पिटरले भने, ‘ड्रेस्डेनमा यो खजाना खोज्दा एउटा ठाउँमा उनले अनेकौं जाल बिछ्याइएको देखे । त्यसपछि उनलाई त्यहाँ नै खजाना लुकाइएको आशंका भयो ।’

तीनै विशेषज्ञहरूका अनुसार, खजाना कोनिन्स्बर्गको एक भूमिगत रेलवे लाइनमाथि लुकाइएको छ जसको केही अवशेष उनीहरूले पत्ता लगाएका छन् ।

सोभियत संघमाथि आक्रमणपछि जर्मन सैनिकहरूले एम्बर रूमबाट जम्मा ३६ घन्टामा सबै गहना उडाएका थिए ।

सन् १९४१ सम्म सबै अनमोल कलालाई जर्मनीको कोनिन्स्बर्ग पु–याइएको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्