०४ साउन २०८३, सोमबार

भारतमा आज पाँचौं चरणको मतदान, राहुलदेखि रक्षामन्त्री राजनाथसहित ६९५ उम्मेदवार मैदानमा

जेठ ७, २०८१
काठमाडौं
भारतमा आज पाँचौं चरणको मतदान, राहुलदेखि रक्षामन्त्री राजनाथसहित ६९५ उम्मेदवार मैदानमा

भारतमा जारी लोकसभा चुनावअन्तर्गत पाँचौं चरणको मतदान आज बिहान ७ बजेबाट शुरू भएको छ । यस चरणमा ६ राज्य र दुई केन्द्र शासित प्रदेशका ४९ लोकसभा सीटमा मतदान भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

पाँचौं चरणमा कांग्रेस अध्यक्ष राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी, ​​जम्मू कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लासहित कुल ६९५ उम्मेदवार मैदानमा छन् ।

यस चरणमा मतदान हुने राज्य र केन्द्र शासित प्रदेशहरू बिहार, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मीर, लद्दाख हुन् ।

कांग्रेसका राहुल गान्धी उत्तर प्रदेशको रायबरेली सिटबाट चुनाव लडिरहेका छन् । उनी केरलाको वायनाड सिटबाट पनि चुनावी मैदानमा छन् । रायबरेली सिटलाई नेहरू गान्धी परिवारको परम्परागत सिट मानिन्छ । 

सोनिया गान्धी सन् २००४ देखि लगातार रायबरेलीबाट सांसद हुन् ।

salt training

कमेन्ट गर्नुहोस्