२६ जेठ २०८३, मंगलबार
विश्वासको मत लिँदै प्रधानमन्त्री

कांग्रेसलाई संसद् अवरोधको मूल्य चर्को पर्नेछ : प्रधानमन्त्री

जेठ ७, २०८१
काठमाडौं
कांग्रेसलाई संसद् अवरोधको मूल्य चर्को पर्नेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रमुख प्रतिपक्षी दलले संविधान अनुरूप आफूलाई विश्वासको मत लिन अवरोध गर्दाको मूल्य चर्को पर्ने चेतावनी दिएका छन् ।

कांग्रेसको अवरोधका बीच विश्वासको मत लिने क्रममा जवाफ दिँदै उनले यस्तो बताएका हुन् । 

‘नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईँहरूलई पटक-पटक साथ दियो । योपटक पनि संवाद र सहमतिको बाटोमा ल्याउन मेहनत गरेको छ । तर विश्वासको मत लिन नदिएर तपाईँहरूले इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो’, प्रधानमन्त्रीले भने, ‘यसको निम्ति गहिरो दुःख व्यक्त गर्दछु । कांग्रेसको लागि यसको मूल्य चर्को पर्नेछ । कांग्रेसको लागि यो कलंकको रुपमा स्थापित हुनेछ ।’

कांग्रेसको अवरोधबीच प्रधानमन्त्रीले विश्वासको मत दिन आग्रह गरे । लगत्तै एमालेका विष्णु पौडेलले मात्रै बोलेपछि प्रधानमन्त्रीले जवाफ दिएका थिए ।

लगत्तै सभामुख देवराज घिमिरेले मत विभाजन गराएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्