२९ असार २०८३, सोमबार

क्यूआर मर्चेन्टलाई कुमारी बैंकको योजना : ​विनाधितो, छिटो-छिटो फोन लोन सुविधा

जेठ ७, २०८१
काठमाडौं
क्यूआर मर्चेन्टलाई कुमारी बैंकको योजना : ​विनाधितो, छिटो-छिटो फोन लोन सुविधा

​​कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट हुने कारोबारको आधारमा फोनलोन लिन सक्ने प्रावधान गरेको छ ।

आफ्ना क्यूआर मर्चेन्टहरूलाई विनाझन्झट कुमारी मोबाइल बैकिङ्ग एप मार्फत नै २ लाख रुपैयाँसम्मको कर्जा उपयोग गर्न सक्ने सुविधा सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।

यसबाट विशेष गरी घरेलु, साना तथा मझौला उद्यमीका वित्तीय कारोबारहरू डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरूका सानातिना वित्तीय आवश्यकता परिपूर्ति हुँदा वित्तीय पहुँचमा समेत विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ४९ एक्स्टेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ्ग इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

​बैंकले सबैका लागि सधैंका लागि अनवरत डिजिटल बैंकिङ्ग प्रवर्द्धन गर्दै आधुनिक जीवनशैलीमा आधारित सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्