३१ जेठ २०८३, आइतबार

तेब्बर बढ्यो विद्युतीय सवारी आयात

जेठ ८, २०८१
काठमाडौं
तेब्बर बढ्यो विद्युतीय सवारी आयात

मुलुकमा विद्युतीय सवारीको आयात उल्लेख्य रूपमा बढेको देखिएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको चालु आवको पहिलो १० महिनाको विवरण अनुसार हालसम्म आठ हजार ४९७ वटा चारपाङ्ग्रे विद्युतीय गाडी नेपाली बजारमा भित्रिएको छ ।

 यो वृद्धि गत वर्षको तुलनामा करिब तीन गुणाले हो । विभागको तथ्याङ्क अनुसार गत वर्ष सोही अवधिमा दुई हजार ९५५ वटा चारपाङ्ग्रे
भित्रिएका थिए ।

वैशाखसम्ममा ५० किलोवाटसम्मका तीन हजार ४७२, ५१ देखि १०० किलोवाटसम्मका चार हजार ८९६ वटा, १०१ देखि दुई सय किलोवाटसम्मका १०५ वटा र त्यसभन्दा ठुला क्षमताका २४ वटा कार÷जिप÷भ्यान आयात भएको देखिएको छ । 

वैशाख महिनामा मात्र एक हजार चार सय वटा विद्युतीय कार भित्रिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । 

तीनपाङ्ग्रे विद्युतीय सवारी आयात पनि सात हजार ९७० थान तयारी अवस्थाका र दुई हजार २२६ थान फिटिङ नगरिएका तीनपाङ्ग्रे विद्युतीय
सवारी भित्रिएका हुन्, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्