
मान्छे बाँच्नका लागि खाना चाहिन्छ भन्ने छ । आफ्नो पेट पाल्नका लागि मान्छेले कडा मेहनत पनि गर्छ । तर एउटी महिलाले भने विना अन्न कैयन् साल बिताइसकेकी छिन् । हो, भारतमा ७५ वर्षकी सरस्वती बाईले ६० वर्षदेखि खाना नखाइकन बाँचेकी छिन् ।
भारतको मध्य प्रदेशको धामनोदमा बस्ने यी ७५ वर्षीय सरस्वतीले अन्नको एउटा दाना पनि खाएकी छैनिन् । विना अन्न केवल चिया र पानी खाएर घण्टौंसम्म खेतमा काम गर्न सक्छिन् ।
कारण के भने, उनी पाँच बच्चाकी आमा पनि कम उमेरमा नै बनेकी थिइन् । पहिलो बच्चा जन्माउँदा नै उनले एक बच्चीलाई जन्म दिइन् । त्यसपछि उनको स्वास्थ्य खराब बन्यो ।
उनलाई टाइफाइड भएको थियो । त्यसपछि उनले केही खाना खाइन् कि, बान्ता हुने हुन थाल्यो । पछि उपचार गरेपछि उनलाई निको त भयो तर उनलाई खानामा अरुचि बढ्यो । बिरामी भएपछि उनलाई अन्न खान नै मन लागेन । जब उनी अन्न खान्थिन्, बान्ता भइहाल्थ्यो ।
अस्पतालबाट छुट्टी पाएपछि उनलाई खानाको एलर्जी भयो । उनको हालत देखेर पति पनि तनाबमा भए । पछि धेरै डाक्टरसँग यसको उपचार पनि गराए तर कुनै पनि डाक्टरले उनलाई निको बनाउन सकेनन् । उक्त महिला विना अन्न नै कैयौं सालदेखि पानी र चिया खाएर नै आफूलाई धानेकी छिन् । चिया र पानीबाहेक उनले हप्तामा एक दिन एउटा केरा पनि खाने गर्छिन् ।