३० जेठ २०८३, शनिबार

भारतको सहयोगमा निर्मित दुईवटा विद्यालय भवनको उद्घाटन

जेठ १२, २०८१
काठमाडौं
भारतको सहयोगमा निर्मित दुईवटा विद्यालय भवनको उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा निर्मित दुईवटा विद्यालय भवनको उद्घाटन गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारतको १.७६ करोड रुपैयाँ सहयोगमा निर्माण गरिएको दाङको लमही नगरपालिकास्थित बाल जनता माध्यमिक विद्यालयको भवनको आज उद्घाटन गरिएको हो । 

यस्तै, भारतकै २.८७ करोड आर्थिक सहयोगमा निर्माण गरिएको दाङकै घोराही उप–महानगरपालिकास्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको भवनको पनि उद्घाटन गरिएको छ । 

दुवै भवनको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्री, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका मेयर जोगराज चौधरी र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । 

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो ।  

null

बाल जनता माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै प्रयोगशाला, उपकरण, फर्निचर र दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । 

पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । 

भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो । 

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । ४९० वटा परियोजना सम्पन्न गरिसकेको दूतावासले जनाएको छ । यीमध्ये लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा ६१ वटा परियोजना रहेका छन् जसमा ६ वटा परियोजना दाङमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्