१० असार २०८३, बुधबार

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

जेठ १२, २०८१
कपिलवस्तु
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–३ मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका–५ गडवाका २३ वर्षीय कुमार थारूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

तौलिहवातर्फ आइरहेको लु ४४ प १३१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । उनका अनुसार मोटरसाइकल चालक गडवा गाउँकै ३८ वर्षीय निरकुमार थारू गम्भीर घाइते भएका छन् ।

घाइते थारूको कपिलवस्तु अस्पताल तौलिहवामा उपचार सम्भव नभएपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्