०४ असार २०८३, बिहीबार

अमेरिकालाई साथ दिए, परमाणु हमलाको चेतावनी

कात्तिक २०, २०७४
अमेरिकालाई साथ दिए,  परमाणु हमलाको चेतावनी

काठमाडौं - दक्षिण कोरियाले अहिले अमेरिकापछि दोस्रो देशलाई पनि धम्की दिएको छ । अमेरिकाको सहयोग गरे अस्ट्रेलियालाई पनि उत्तर कोरियालाई निशाना बनाउने धम्की दिएको जनाइएको छ ।

संयुक्त राष्ट्र संघमा उत्तर कोरियाको तर्फबाट के कुरा उठेको छ भने, ‘जो अमेरिकालाई साथ दिनेछ, उक्त देशलाई पनि निशाना बनाइनेछ ।’ तर जुन देशले अमेरिकालाई सहयोग गर्ने छैनन्, उक्त देशलाई सुरक्षित महसुस गर्न पनि उत्तर कोरिया पक्षले बताएको नवभारत टाइम्सले लेखेको समाचारमा उल्लेख छ ।

संयुक्त राष्ट्र संघमा कोरियाको डेपुटी युएन एम्बेस्टर किम इन रयोंगको दस्तावेजमा यो कुराको खुलासा भएको हो । उक्त दस्तावेज युएन जनरल असेंबलीको एक कमिटी गरेको छलफलमा समावेश गरिएको थियो । साथै उत्तर कोरियाले आफूसँग अमेरिका ध्वस्त पार्न सक्ने शक्ति भएको बताएको छ । तर किमले भने यसबारेमा केही भनेका छैनन् ।

दबाब बढाउँदै अमेरिका – जापान

अमेरिका र जापानको राजनीति उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर तनाव कम गर्नमा सहमत भएको छ । साथै उनीहरुले कुटनीति विफल भए सबैभन्दा खराब स्थितिको सामना गर्नुपर्ने बताएका छन् । अमेरिकाका विदेश उपमन्त्री जोन सुलिवानले जापानस्थित आफ्ना समकक्षी शिन्सुक सुगियामासँग कुराकानी भइरहेको र कुटनीतिक हिसाबमा यसलाई सुल्झाउनेमा जोड दिएका छन् । समकक्षीले सबै विकल्प तयार राख्ने उद्देश्यले जापानले समर्थन गरिरहेको पनि दोहो–याए ।

salt training

कमेन्ट गर्नुहोस्