
पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम महत्त्वपूर्ण रहेको बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफलमा भाग लिँदै उनले वेल घेरिरहेको कांग्रेसलाई छलफलमा भाग लिएर ताली बजाउन आग्रह गरे ।
’सरकारको नीति तथा कार्यक्रम यति राम्रो र यति महत्त्वपूर्ण छ, यतिबेला वेल घेर्ने भन्दा छलफलमा आएर ताली बजाएर समर्थन गर्नुपर्ने प्रकृतिको छ,’ उनले भने ।
पौडेलले गत साता प्रस्तुत भएको नीति तथा कार्यक्रमप्रति आफ्नो समर्थन रहेको जनाए ।
’यसले मुलुकका समग्र समस्यालाई चिनेको छ । समाधानको सही दृष्टिकोण अघि सारेको छ । मेरो दृढ समर्थन छ,’ उनले थपे ।