१२ साउन २०८३, मंगलबार

बालेनको कदमप्रति मन्त्री महासेठको प्रतिक्रिया– उहाँले मुखले भन्दा बढी कामले जवाफ दिनुभयो

जेठ १३, २०८१
काठमाडौं
बालेनको कदमप्रति मन्त्री महासेठको प्रतिक्रिया– उहाँले मुखले भन्दा बढी कामले जवाफ दिनुभयो

उपप्रधान तथा भौतिक पूर्वाधार यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहको निर्देशनमा सडक विभागअगाडि महानगर प्रहरीले ट्रकमा लगेर फोहोर फालिदिएको घटनालाई सामान्य रुपमा लिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले बालेनले मुखले भन्दा बढी कामले जवाफ दिएको बताए । 

‘यसलाई हामीले सामान्य रुपमा लिएका छौं । उहाँले मुखले भन्दा पनि धुलो फालेर कामले नै सल्लाह दिइरहनु भएको छ । यसमा हाम्रो कुनै कमेन्ट छैन,’ उनले भने । 

यातायातमन्त्री महासेठले चक्रपथ (रिङरोड) निर्माणका लागि चीनसँग सम्झौता भएको स्मरण गर्दै आफूले काम रोक्नलाई कुनै आदेश नदिएको स्पष्ट पारे ।  

‘हामीले रोकेर त्यो रोकिने पनि होइन । मित्रराष्ट्र चीनसँगको कुरा हो । पूरै रिङरोड बनाउने सम्झौता भएको छ । आवश्यक पर्दा नेपाल सरकारको आन्तरिक बजेटबाट पनि निर्माण हुन्छ,’ उनले थपे । 

बालेनले भने विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको भन्दै मन्त्री महासेठप्रति आक्रोश पाखेका थिए । 

त्यतिमात्र होइन उनकै निर्देशनमा सडक विभागअगाडि महानगर प्रहरीले ट्रकमा लगेर फोहोर फालिदिएको थियो । यसपछि विभागले पनि प्रतिकारको चेतावनी दिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्