०९ साउन २०८३, शनिबार

विपक्षी र मिडियामाथि सरकारको रवैया निरंकुशताउन्मुख : गगन थापा

जेठ १३, २०८१
काठमाडौं
विपक्षी र मिडियामाथि सरकारको रवैया निरंकुशताउन्मुख : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सरकारले ज्ञानेन्द्र शाहको शासनकालमा भन्दा अहिले सञ्चारमाध्यममाथि नियन्त्रण गरेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा आइतबार थापाले सत्ताको निरंकुशता र हस्तक्षेप ज्ञानेन्द्रको भन्दा बढी भएको बताएका हुन् । 

‘हामी सहकारी प्रकरणमा गृहमन्त्रीमाथि अनुसन्धान गन माग  गरिरहेका छौं ।  मेराबारेमा प्रश्न छन् भने अनुसन्धान गर्न भन्दै आएको छु । कुनै मिडियाकर्मीमाथि अनुसन्धान गर्नैहुँदैन भनेको होइन तर अहिले सरकारको जुन रवैया यो चिन्ताजनक विषय हो,’ थापाले भने, ‘हामीले पहिले पूर्वराजा ज्ञानेन्द्रको छोटो शासन भोग्यौं तर सञ्चारमाध्यमबाट प्रकाशित भएका विषयमाथि यत्तिको नियन्त्रण पहिले पनि थिएन ।’

प्रतिपक्षीलाई नियन्त्रण गरेर बोल्न नदिइने, माग सुनुवाइ नगर्ने, मिडियामा प्रश्न सोध्नेको हुर्मत लिने शैली अनुचित भएको उनको भनाइ थियो ।

सरकारका हरेक गतिविधि निरंकुशता उन्मुख र अनुदारवादी रहेकोले आफूहरू थप सचेत रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्