१० असार २०८३, बुधबार

क्यानाडाका प्रधानमन्त्री त्रुदोले मनाए दीपावली

कात्तिक २०, २०७४
क्यानाडाका प्रधानमन्त्री त्रुदोले मनाए दीपावली

काठमाडौं, १ कात्तिक — क्यानाडाका प्रधानमन्त्री जस्टिन त्रुदोले हिन्दू समुदायहरूका साथ दीपावली पर्व मनाएका छन् ।


पर्वका बेलामा उनले शेरवानी लगाएका थिए । त्रुदोले यस अवसरमा सबै हिन्दूहरूलाई शुभकामना पनि दिए ।
त्रुदो हरेक वर्ष दीपावली मनाउँछन् ।

कार्यक्रममा एउटा दीप बालेर उनले त्यसको फोटो समेत खिचाएका थिए । उनले ट्वीट समेत गरेर ह्याप्पी दिवाली लेखे ।


क्यानाडामा पाँच लाखभन्दा बढी हिन्दू छन् ।

त्रुदोले हिन्दू समुदायप्रति सद्भाव राख्दै गत जुलाई महिनामा टोरन्टोस्थित ब्याप्स मन्दिरको दशौं स्थापना समारोहमा समेत भाग लिएका थिए । त्यतिखेर उनले कुर्ता पैजामा लगाएका थिए र भगवान् स्वामीनारायणको मूर्तिमा जल चढाएका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्