०९ असार २०८३, मंगलबार
सहकारी ठगी प्रकरण

संसदीय समितिको कार्यादेश टुंग्याउन सिंहदरबारमा कार्यदलको निर्णायक बैठक

जेठ १५, २०८१
काठमाडौं
संसदीय समितिको कार्यादेश टुंग्याउन सिंहदरबारमा कार्यदलको निर्णायक बैठक

सहकारी प्रकरणको छानबिन गर्ने संसदीय समितिको कार्यादेशको टुंगो लगाउन कार्यदलको निर्णायक बैठक शुरू भएको छ ।

प्रमुख दलबीच कार्यादेशका विषयमा मोटामोटी सहमति भएपछि यसलाई अन्तिम रुप दिन सिंहदरबारस्थित कानून मन्त्रालयमा कार्यदलको बैठक शुरू भएको हो ।

गएराति प्रमुख दलबीच सहकारीमा भएको रकम अपचलनका विषयमा छानबिन गर्न ७ सदस्यीय समिति गठन गर्ने सहमति भएको थियो । समितिले छानबिनको लागि तीन महिनाको समय पाउनेछ ।

यस अघि नेपाली कांग्रेसले लामो समय गृहमन्त्री रवि लामिछाने केन्द्रित छानबिन समिति गठनमा अडान लिँदै आएको थियो ।

तर कांग्रेस रविको नामबाट ब्याक हुँदै समस्या देखिएका सहकारी, तिनमा जोडिएका व्यक्ति संलग्न भए यसको अनुसन्धान गर्न तयार भएको हो । 

आजै दिउँसोसम्ममा कार्यदलले अन्तिम रुप दिएपछि बजेट भाषण लगत्तैको प्रतिनिधि सभा बैठकबाट संसदीय छानबिन समिति गठन हुनेछ । 

समितिमा कांग्रेस र एमालेका २/२, माओवादी केन्द्र, रास्वपा र राप्रपाका १/१ सदस्य रहनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्