०९ असार २०८३, मंगलबार

पद्‍मकन्यामा मंगलादेवी सिंह फाउन्डेसनको अक्षयकोष स्थापना

जेठ १६, २०८१
काठमाडौं
पद्‍मकन्यामा मंगलादेवी सिंह फाउन्डेसनको अक्षयकोष स्थापना

मंगलादेवी सिंह फाउन्डेसनले पद्मकन्या बहुमुखी क्याम्पसमा ५ लाख राशीको अक्षय कोष स्थापना गरेको छ । फाउन्डेसनकोतर्फबाट सिर्जना सिंहले आज अक्षय कोषका लागि ५ लाख राशीको चेक क्याम्पस प्रमुखलाई हस्तान्तरण गरेकी छन्  । 

पद्मकन्या क्याम्पसको राजनीतिशास्त्रका विद्यार्थीका लागि एमए र स्नातक तहका विद्यार्थीलाई प्रत्येक वर्ष अक्षय कोषबाट छात्रवृत्ति दिइनेछ । क्याम्पस प्रमुख  प्रा. डा. जयालक्ष्मी प्रधानले अक्षयकोष स्थापनाले आफूहरू उत्साही भएको बताइन् । उनले पद्मकन्या स्थापनामा समेत मंगलादेवी सिंहको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गरिन् ।

फाउन्डेसनकोतर्फबाट नेतृ सिंहले समेत नेपालको राजनीतिमा मंगलनलेवी सिंहको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गरिन् । महिलाहरूका लागि छुट्टै विद्यालय र  क्याम्पस स्थापनाका लागि मंगलादेवी सिंहले गरेको संघर्षको चर्चा गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्