२६ जेठ २०८३, मंगलबार

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी

जेठ १६, २०८१
बाँके
नेपालगञ्जमा यसवर्षकै बढी गर्मी

 नेपालगञ्जमा आज यसवर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय, नेपालगञ्जकी इञ्जार्च मीना शिवाकोटीले  नेपालगञ्जको अधिकतम तापक्रम ४२ दशमलव आठ रेकर्ड भएको जानकारी दिइन् । उक्त तापक्रम यो वर्ष गर्मी सुरु भएयताकै सबैभन्दा बढी भएको उनले बताइन्।

“केही दिन अझै तापक्रम बढ्नसक्छ तर कति बढ्छ भन्न सकिदैन”, उनले भनिन् । जल तथा मौसम विभागले जेठ १८ गतेसम्म गर्मी बढ्ने अनुमान गरेकाले बिहीबार र शुक्रबार तापक्रम झनै वृद्धि हुने पूर्वामानुमान छ । गर्मी बढ्न सक्ने भएकाले  सचेत रहन सर्वसाधारणलाई विभागले आग्रह गरेको छ । गर्मीका कारण जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् । 

अत्यधिक गर्मीका कारण सबैभन्दा बढी खुला ठाउँमा काम गर्ने मजदुर र रिक्साचालक प्रभावित भएका छन् । चिकित्सकले गर्मीबाट जोगिन बढी पानी पिउन र अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । भेरी अस्पताल नेपालगञ्जका चिकित्सक डा सङ्केत रिसालले केही दिनयता अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्