२५ जेठ २०८३, सोमबार

आजदेखि श्रमाधान रोजगार मेला, सातै प्रदेशमा सञ्चालन हुने

जेठ १७, २०८१
काठमाडौं
आजदेखि श्रमाधान रोजगार मेला, सातै प्रदेशमा सञ्चालन हुने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा श्रमाधान रोजगार मेला आजदेखि शुरू हुँदै छ । मन्त्रालयले आयोजना गर्न लागेको श्रमाधान कार्यक्रम सातवटै प्रदेशमा आजदेखि ३० जेठसम्म सञ्चालन हुनेछ । 

आज कोशी प्रदेशको विराटनगरबाट मेला शुरू हुँदै छ । विराटनगरबाट शुरू हुने मेला ३० गते बागमती प्रदेशको ललितपुरमा आएर सम्पन्न हुने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार १७ र १८ जेठमा कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुरमा १९ र २० जेठ, गण्डकी प्रदेशको पोखरामा २१ र २२ जेठ, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ जेठ, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ जेठ, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ र बागमती प्रदेशको ललितपुरमा २९ र ३० जेठमा मेला आयोजना हुने कार्यक्रम तय भएको छ । 

मन्त्रालयका अनुसार मेला प्रत्येक प्रदेशमा दुई/दुई दिनसम्म चल्ने छ । युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ मेला आयोजना गरिएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले बताए । 

मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्