१२ असार २०८३, शुक्रबार

जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

जेठ १७, २०८१
रूपन्देही
जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

तिलोत्तमा नगरपालिका–१५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको हो । 

विसं २०७० मा स्थापित अक्षयकोषबाट बुधबार छात्रवृत्ति वितरण गरेको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । 

अक्षयकोषबाट सुरक्षा गोदारलाई १० हजार नगदसहित शैक्षिक सामग्री, सन्दीप यादव, रमेश भुसाल, सविना गाहा र बादल परियारलाई जनही रु पाँच हजार र शैक्षिक सामग्री प्रदान गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्