२६ जेठ २०८३, मंगलबार

श्रमिकको परिवारलाई औषधि उपचार सुविधा

जेठ १८, २०८१
काठमाडौं
श्रमिकको परिवारलाई औषधि उपचार सुविधा

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध भई वैदेशिक रोजगारीमा गएका श्रमिक र अनौपचारिक एवं स्वरोजगार क्षेत्रका श्रमिकका परिवारलाई औषधी उपचार सुुविधा दिने घोषणा भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विराटनगरबाट बिहीबारदेखि सुुरु भएको श्रमाधान रोजगार मेलाको उद्घाटन कार्यव्रmममा सो घोषणा गरेका हुन् । 

सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले यसअघि २०७९ पुसदेखि औपचारिक क्षेत्रका योगदानकर्ताका श्रीमान् या श्रीमतीलाई औषधी उपचार सुविधामा समेटेको कोषले १७ जेठदेखि कार्यान्वयन हुने गरी वैदेशिक रोजगारीमा गएका, विदेशमा स्वरोजगार र अनौपचारिक
तथा स्वरोजगार क्षेत्रका श्रमिकका परिवारले औषधी उपचार सुविधा पाउने गरी कार्यविधि संशोधन गरेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्