११ असार २०८३, बिहीबार

माओवादी मन्त्रीले तिहार मानेर राजीनामा दिने

कात्तिक २०, २०७४
माओवादी मन्त्रीले तिहार मानेर राजीनामा दिने
काठमाडौं, २ कात्तिक- नेकपा माओवादी केन्द्रका मन्त्रीले आगामी ५ कात्तिकमा राजीनामा दिने तयारी गरेका छन् । आगामी १० र २१ मंसिरमा हुने संघ र प्रदेशको पहिलो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोयन दर्ता भएसँगै माओवादी केन्द्रका सबै मन्त्रीले राजीनामा दिने तयारी गरेका हुन्, राजधानी दैनिकमा खबर छ  ।maoist

यसअघि २९ असोजमा समानुपातिकतर्फ मनोनयन सम्पन्न भइसकेको छ भने ५ कात्तिकमा प्रत्यक्षतर्फ पनि मनोनयन भएसँगै निर्वाचनको सुनिश्चितता हुने भन्दै त्यसलगत्तै राजीनामा दिने तयारी माओवादी मन्त्रीहरूको छ । माओवादी प्रवक्ता पम्फा भुसालले निर्वाचनको सुनिश्चितता हुनासाथ माओवादी मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने बताइन् ।

माओवादी केन्द्रका मन्त्रीले मंगलबार नै राजीनामा दिएर सरकारबाट बाहिरिने तयारी गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन मिति पछि सार्ने कदम चाल्न लागेको आशंका गर्दै अन्तिम समयमा राजीनामा दिनबाट पछि हटेका थिए । बिनाविभागीय मन्त्री टेकबहादुर बस्नेतले आफूहरूलाई सरकारमा बस्न कति पनि मन नभएको भन्दै ५ कात्तिकसम्म मात्र सरकारमा बस्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्