
नेपाली बजारमा मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढेको छ ।
लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला बिहीबार प्रतितोला १ लाख ४० हजार ५ सयमा कारोबार भएकोमा आजका लागि १ लाख ४२ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।
तेजाबी सुन बिहीबार एक लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने १ लाख ४१ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले ओरालो लागेको छ ।
बिहीबार प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि १ हजार ८ सय ७५ रुपैयाँ निर्धारण भएको छ ।