२६ जेठ २०८३, मंगलबार

पेट्रोलियम पदार्थ अन्वेषण : २ सय १८ मिटर ड्रिलिङ सकियो, ४ महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्य

जेठ १८, २०८१
दैलेख
पेट्रोलियम पदार्थ अन्वेषण : २ सय १८ मिटर ड्रिलिङ सकियो, ४ महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्य

दैलेखको भैरवी गाउँपालिका– १ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् ।

उत्खखनका क्रममा २ सय १८ मिटर ड्रिलिङ भएको छ ।

ड्रिलिङ ४ हजार ५ सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए ।

उनका अनुसार कामदार अहोरात्र खटेका छन् भने आलोपालो प्रणाली लागू गरेर काम भइरहेको छ ।

आगामी ४ महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिए ।

चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा अन्वेषण थालिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्