
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा भ्रष्टीकरण मौलाएको बताएका छन् ।
वामपन्थी नेता देवशंकर पौडेलले लेखेको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको राजनीति बिग्रनुको प्रमुख कारण नै भ्रष्टीकरण भएको बताएका हुन् ।
नेपालले भ्रष्टाचार नियन्त्रण र उन्मुलन गर्ने कुरामा ध्यान दिएर देशको योजना बनाउनुपर्ने बताए । ‘अहिलेको राजनीतिमा सबभन्दा बिग्रेको भनेको भ्रष्टीकरण हो । पार्टीका नेता, कार्यकर्ता र देश सबै भ्रष्टाचारले बिग्रेको हो । समाज पनि विकृति र विसंगतिले बिग्रेको छ,' उनले भने, 'यसबाट हामी कसरी उन्मुक्ति पाउने ? कसरी जोगिने कुरामा ध्यान दिनुपर्छ ।’