०१ असार २०८३, सोमबार

यार्सा टिप्न गएका युवकको भिरबाट लडेर मृत्यु

जेठ १९, २०८१
दार्चुला
यार्सा टिप्न गएका युवकको भिरबाट लडेर मृत्यु

दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्की छन् । 

उनको भिरबाट  लडेर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।​

उनका अनुसार अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रबार बेलुका कार्कीको मृत्यु भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्