२४ जेठ २०८३, आइतबार

लुम्बिनी योजना आयोगको उपाध्यक्षमा खनाल

जेठ १९, २०८१
बुटवल
लुम्बिनी योजना आयोगको उपाध्यक्षमा खनाल

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा सरोज खनाललाई नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले कपिलवस्तुको बाणगंगा नगरपालिका–८ निवासी खनाललाई उपाध्यक्षमा नियुक्त गरेको हो । 

खनाल शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव बटुलेका व्यक्ति हुन् ।

अघिल्लो सरकारको पालामा नियुक्त भएका प्रदेश योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीले राजीनामा दिएपछि प्रदेश योजना आयोग पदाधिकारीविहीन भएको थियो । 

मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो सचिवालयमा दुई जनालाई विज्ञ नियुक्तसमेत गरेका छन् । पूर्वाधार विज्ञको रुपमा पवन बराल र अर्थ तथा विकास विज्ञको रुपमा सुशान्त बैद्धिकलाई नियुक्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्