०४ असार २०८३, बिहीबार

काठमाडौँ महानगरलाई क्षतिपूर्ति तिराउने तयारीमा सडक डिभिजन

जेठ २०, २०८१
काठमाडौं
काठमाडौँ महानगरलाई क्षतिपूर्ति तिराउने तयारीमा सडक डिभिजन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सडक डिभिजन कार्यालयको सहमतिबेगर न्युरोड सडकको सिमाना घटाएर फुटपाथ बिस्तार गर्न लागेपछि सडक विभागले आजबाट थप एक्सन लिने भएको छ। क्षेत्रअधिकार बाहिर गएर सडक खन्न थालेपछि आक्रोशित डिभिजन सडक कार्यालय काठमाडौंले तीन दिनअघि यही १६ गते जवाफ दिन पत्राचार गरेको थियो।

आज चार दिन पुगेको छ। कामपाले आज आइतबार सडक भत्काएको विषयमा जवाफ दिनुपर्नेछ। जवाफ नदिएमा डिभिजन सडक कार्यालयले थप कारबाही गर्ने प्रक्रिया अघि बढाउने छ। डिभिजन कार्यालय प्रमुख नारायणदत्त भण्डारीले कार्यालयले काटेको पत्रको आज जवाफ आउनुपर्ने बताए । नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्