
टी-२० विश्वकप क्रिकेटअन्तर्गत ओमानले नामिबियालाई ११० रनको सामान्य लक्ष्य दिएको छ । बार्बाडोसको केन्सिङ्टन ओभलमा सोमबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको ओमान १९.४ ओभरमा १०९ रनमै अल आउट भएको हो ।
खेलमा ओमानले निकै खराब शुरूआत गरेको थियो । पहिलो दुई बलमा दुई विकेट गुमाएको ओमानले १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । रुबेन ट्रम्पलम्यानको घातक बलिङसामु ओमान निरीह देखिएको थियो ।
खालिद काइल ३९ बलमा ३४ रन बनाए भने जिसान मक्सुदले २० बलमा २२ रन जोडे । त्यस्तै आयान खानले १५ रन तथा शकिल अहमदले ११ रनकोको योगदान दिए ।
नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए । उनले ४ ओभरमा मात्र २१ रन खर्चिए ।
डेभिड विसेले ३ तथा जेर्हार्ड इरास्मसले २ विकेट लिए । बर्नार्ड स्कोल्ट्जले १ विकेट हात पारे ।