२५ असार २०८३, बिहीबार

डिशहोम फाइबरनेटले ल्यायो इन्टरनेट र डीटीएचका ग्राहकका लागि विशेष स्मार्ट अफर​​

जेठ २१, २०८१
काठमाडौं
डिशहोम फाइबरनेटले ल्यायो इन्टरनेट र डीटीएचका ग्राहकका लागि विशेष स्मार्ट अफर​​

डिशहोम फाइबरनेटले इन्टरनेट र डीटीएच (टीभी)का ग्राहकहरूका लागि विशेष स्मार्ट अफर ल्याएको छ । 

ग्राहकको सन्तुष्टि अभिवृद्धि गर्न र राम्रो मूल्य प्रदान गर्नको लागि 'स्मार्ट अफर' ल्याइएको कम्पनीले जनाएको छ ।

जसअनुसार इन्टरनेट र डीटीएचका सेवाहरूमा उपभोक्ताले उल्लेखनीय छुट प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार ग्राहकहरूले अब नयाँ इन्टरनेट र डीटीएच जडानहरू वा नवीकरणमा विशेष अफरहरूको मजा लिन सक्नेछन् ।

रु.३३५० पर्ने मिभी डुओपोड्स के६ एअरबड्स  यो अफरमा भने ग्राहकहरुले मात्र रु।१६४९ मा पाउन सक्नुहुनेछ । त्यस्तै ९९९९ पर्ने फायर-बोल्ट ग्लेडिएटर स्मार्टवाच यो अफरमा मात्र रु.२९९९ मा लिन सकिनेछ ।

डिजिटल होम इन्टरनेशनलबाट सानादेखि ठूला होम अपलायनसेसमा विशेष छुट हुनेछ ।

यो गज्जबको अफरहरू कसरी प्राप्त गर्ने?

एअरबड्स र स्मार्टवाच लिनको लागि न्यूनतम ६ महिना प्याकेजको साथ नयाँ डिशहोम फाइबरनेट वा डीटीएच कनेक्सन जडान गरेको हुनुपर्ने छ ।

अथवा आफूले चलाइरहेको डिशहोम फाइबरनेट वा डीटीएच कनेक्सनको प्याकेज कम्तीमा ६-महिनाको लागि रिचार्ज गर्नुपर्नेछ ।

होम अपलायनसेसमा भारी छुट लिनको लागि भने ग्राहकले १२-महिनाको इन्टरनेट वा डीटीएच नयाँ जडान वा रिचार्ज गरेको भएदेखि सबै डिएचआई प्रोडक्टहरुमा १८ प्रतिशत छुट पाउन सक्नेछन ।

त्यसतै २४-महिने इन्टरनेट प्याकेज नयाँ जडान वा रिचार्ज गर्दा भने २४ प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।

स्मार्ट अफरको बारेमा थप सहयोग वा सोधपुछका लागि, ग्राहकहरूले डिशहोम फाइबरनेटको ग्राहक सेवा केन्द्र ९८०१५४४००० मा सम्पर्क गर्न सक्छन् ।

साथै नजिकै रहेको डिशहोमको डिलर दाइसँग सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्