२५ जेठ २०८३, सोमबार

हाम्रो विकासले छिमेकी तर्सिनुपर्दैन : चिनियाँ राष्ट्रपति सी

कात्तिक २०, २०७४
हाम्रो विकासले छिमेकी तर्सिनुपर्दैन : चिनियाँ राष्ट्रपति सी

काठमाडौं, २ कात्तिक — चीनका राष्ट्रपति सी चिनफिङले बेइजिङ संवादमार्फत छिमेकी मुलुकहरूसँगको विवाद सुल्झाउन तयार रहेको बताएका छन् ।


तर आफ्नो रणनीतिक हितलाई चाहिँ चीनले सम्झौता नगर्ने उनले बताए ।

भारतसँग हालै भएको दोक्लम विवाद र दक्षिण चीन सागरमा उठेको विवादलाई सीले लक्षित गरेको विश्लेषण भइरहेका छन् ।

सीले यो बयान सत्तारूढ कम्युनिस्ट पार्टीको महाधिवेशनका क्रममा दिएका हुन् । यो महत्त्वपूर्ण बैठकको शुरुवात गर्दै सीले यो कुरा बताएका हुन् ।

यो बैठकले आगामी पाँच वर्षका लागि सीको कार्यकालको रूपरेखा तय गर्छ । सी नै दोस्रो कार्यकालका लागि छानिने प्रबल सम्भावना छ ।

पाँच वर्षमा एकचोटि हुने महाधिवेशनमा साढे तीन घन्टा भाषण दिँदै सीले जनमुक्ति सेनालाई विश्वस्तरको सेना बनाउन आफू प्रतिबद्ध रहेको समेत बताए ।

सीले कम्युनिस्ट पार्टी अफ चाइनाको समाजवादी संरचनालाई कायम राख्दै त्यसलाई बलियो बनाउने कुरामा पनि जोड दिए ।

छिमेकी मुलुकहरूसँगको सम्बन्धमा बोल्दै सीले चीन कहिले पनि विस्तारवादी काममा संलग्न नहुने र चीनको विकासको स्तर जति माथि पुगेपनि त्यसले छिमेकीलाई खतरा नहुने बताए ।

एक साता चल्ने यस बैठकमा पार्टीको विधान संशोधन गरिनेछ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्