२६ जेठ २०८३, मंगलबार

उभौली साकेलाका अवसरमा धरानमा राष्ट्रिय महिला फूटबल खेलाडी प्रिति सम्मानित

जेठ २६, २०८१
काठमाडौं
उभौली साकेलाका अवसरमा धरानमा राष्ट्रिय महिला फूटबल खेलाडी प्रिति सम्मानित

धरान उपमहानगरपालिका–१७ साकेला उद्यान (पार्क)मा शनिवार सम्पन्न भएको उभौली साकेलाका अवसरमा राष्ट्रिय महिला फूटबल खेलाडी प्रिति राईलाई नगदसहित सम्मान गरिएको छ ।
 
किरात राई यायोक्खा सुनसरीले आयोजना गरेको उभौली साकेलाका अवसरमा रु एक लाख पाँच हजार ८४ र सम्मानपत्रसहित उनलाई सम्मान गरिएको हो । यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ, पूर्वप्रमुख तिलक राईले दोसल्ला ओढाएर नगदसहित राईलाई सम्मान गरेका थिए ।
  
खेलाडी प्रितिले १६ वर्षको उमेरमै पहिलोपटक नेपाली राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी खेलाडी हुन् । विसं २०६१ मा जन्मिएका प्रिति राष्ट्रिय महिला फूटबल टोलीकी उदीयमान र कान्छी खेलाडी भनेर पनि चिनिन्छ । नेपाल यू–१५ र यू–१६ टोलीको कप्तानसमेत रहेकी प्रिति दोस्रो अवसरमा राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी थिइन् । 

उभौली साकेलाको अवसरमा राष्ट्रिय एथलेटिक्स प्रशिक्षक पार्वती राई, महेन्द्र बहुमुखी क्याम्पस धरानका क्याम्पस प्रमुख चन्द्रकुमार राई, इन्जिनियर पारसमणि राई र एमबिई सुवास राईलाई समेत यायोक्खा सुनसरीले दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो  ।
 

salt training

कमेन्ट गर्नुहोस्