०२ साउन २०८३, शनिबार

ओखलढुङ्गामा खतिवडा र सुनुवारको टक्कर, कसले मार्ला बाजी ?

कात्तिक २०, २०७४
ओखलढुङ्गामा खतिवडा र सुनुवारको टक्कर, कसले मार्ला बाजी ?
काठमाडौं ३ कात्तिक– आशन्न प्रतिनिधि सभा निर्वाचनमा ओखलढुङ्गामा नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा र एमाले युवा नेता यज्ञराज सुनुवारको भीडन्त देखिएको छ ।

नेपाली कांग्रेसले खतिवडाको नाम टुंगो लगाइसकेको छ भने माओवादीसँगको चुनावी तालमेल गरेको एमालेले ओखलढुङ्गा आफ्नो भागमा पारेको छ । सुनुवारको नाममा एमालेमा पनि विबाद छैन् ।

गत संविधानसभा चुनावमा सुनुवारले १ र खतिवडाले क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव जितेका थिए । निर्वाचन क्षेत्र निर्धारण हुँदा क्षेत्र गाभिएका थिए । दोस्रो संविधानसभा चुनावमा खतिवडाले १३ हजार ९ सय ४ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्दी एमालेका नानीबाबु बुढाथोकी ८ हजार ५ सय १० मत पाएको थियो ।

माओवादीका पेशल खतिवडाले ३ हजार ६ सय ३६ मत पाएको थियो ।

त्यस्तै यज्ञराज सुनुवारले १२ हजार ९ सय ४३ मत पाएका थिए भने कांग्रेसका बालकृष्ण दाहालले ९ हजार ४३ मत पाएका थिए । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले २ हजार ९ सय ९३ मत पाएका थिए ।

स्थानीय तहलाई आधार मान्दा पनि नेपाली कांग्रेस र एमालेबीच ठूलो प्रतिस्पर्धा देखिएको छ ।

आठ स्थानीय तह रहेको ओखलढुंगामा ४ वटा गाउँपालिकामा जित निकालेको छ । नेकपा एमालेले १ नगरपालिका र दुई गाउँपालिका जित्दा माओवादी केन्द्रले एक गाउँ पालिकामा जितेको छ । जसलाई आधार मान्द वाम गठवन्धन र नेपाली कांग्रेसले चारचार स्थानीय तहमा जीत निकालेका छन् ।

प्रदेश सभातर्फ एमालेले अम्बिर बाबु गुरुङलाई उठाउदैछ । प्रदेश सभातर्फ कांग्रेसले लीला बल्लभ दाहाल (काका) र प्रदीप कुमार सुनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्