२७ जेठ २०८३, बुधबार

अन्तरजातीय विवाह गर्ने दश जोडी सम्मानित

जेठ २७, २०८१
भरतपुर
अन्तरजातीय विवाह गर्ने दश जोडी सम्मानित

भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने दश जोडीलाई नगदसहित सम्मान गरेको छ ।

आज आयोजित सम्मान कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा नगद रु एक लाखसहित सम्मान ती जोडीलाई गरेकी हुन् । 

महानगर प्रमुख दाहालले छुवाछुत अन्त्यका लागि प्रोत्साहन स्वरूप अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको बताइन् ।

उनले व्यवस्था परिवर्तन भए पनि सामाजिक अवस्थामा परिवर्तन आउन नसकेकाले छुवाछुतलगायत कुसंस्कार अन्त्य गर्दै सभ्य समाज विकासमा लाग्नुपर्ने बताइन् ।

उपप्रमुख चित्रसेन अधिकारीले सबै जातजातिको सम्मान गर्नु अहिलेको आवश्यकता रहेको बताए ।

विभेदको अन्त्य गदै सम्मान गर्ने वातावरण तय गर्न सबैले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने उनको भनाइ थियो ।

 
अन्तरजातीय विवाह गरेकी कमला श्रेष्ठ विकले छुवाछुत अन्त्यका लागि युवा पुस्ता नै अगाडि बढ्नुपर्ने धारणा राखिन् ।

उनले भनिन्, 'समाज परिवर्तनको बाटोमा अगाडि बढिरहेको छ, यसमा गति प्रदान गर्न युवाको भूमिका अझ बढी हुन्छ । समाज परिवर्तन आफूबाटै हुनुपर्छ भन्ने मान्यतासहित सबैको सहयोग र साथ रहेमा पक्कै सुधार सम्भव छ ।'

महानगरपालिकाले विगत चार वर्षदेखि अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै आएको छ ।

हालसम्म २३ जोडीलाई सम्मान गरिएको त्यस अवसरमा जानकारी दिइयो ।

तीमध्ये एकजना गैरदलितले दलितको छोरी विवाह गरेको महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्