०५ साउन २०८३, मंगलबार

युद्धका कारण गाजामा मृत्यु हुनेको सङ्ख्या ३७ हजार ८४ पुग्यो

जेठ २७, २०८१
काठमाडौं
युद्धका कारण गाजामा मृत्यु हुनेको सङ्ख्या ३७ हजार ८४ पुग्यो

इजरायल र प्यालेस्टिनीबिच आठ महिना भन्दा बढीको युद्धमा गाजा क्षेत्रको ३७ हजार ८४ को मृत्यु भएको​ हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।​

नुसिरात शरणार्थी शिविरमा शनिबार इजरायली आक्रमणमा कम्तिमा दुई सय ७४ जनाको मृत्यु भएको छ भने जसमा चार बन्धकहरूलाई जीवित उद्धार गरिएको हो ।

अक्टोबर ७ मा युद्ध शुरू भएदेखि थप ८४ हजार ४९४ जना घाइते भएको मन्त्रालयले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्