०१ असार २०८३, सोमबार

अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका संशोधनको तयारी

जेठ २९, २०८१
काठमाडौं
अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका संशोधनको तयारी

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ लाई संशोधन गर्ने भएको छ ।

मल पर्याप्त भए पनि त्यसलाई वितरण तथा व्यवस्थापनमा समस्या देखिएका कारण त्यसलाई सरल र सहज बनाउनका लागि ऐन संशोधन
गर्न लागिएको कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव सवनव शिवाकोटीले बताइन् । 

रासायनिक मल वितरणका लागि कृषि मन्त्रालयले निर्देशिका तयार गरी सोही अनुसार तीन वटै तहमा मल वितरण तथा व्यवस्थापन सुरु गरेको थियो । तर त्यसमा समस्या देखिएका कारण त्यसलाई संशोधन गर्न लागिएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्