१० असार २०८३, बुधबार

उत्तर कोरियाले कुनै पनि बेलामा अमेरिकामाथि आणविक आक्रमण गर्न सक्छ : सीआईए प्रमुख

कात्तिक २०, २०७४
उत्तर कोरियाले कुनै पनि बेलामा अमेरिकामाथि आणविक आक्रमण गर्न सक्छ : सीआईए प्रमुख

काठमाडौं, ३ कात्तिक — अमेरिकी जासूसी संस्था सीआईएका निर्देशक माइक पम्पियोले उत्तर कोरिया अमेरिकालाई आणविक आक्रमण गर्नका लागि सक्षम हुनै लागेको बताएका छन् ।


उनले वाशिङटन अझै पनि कूटनीति र प्रतिबन्धमा विश्वास गर्ने तर सैन्य विकल्प पनि खुला रहेको बताए ।

उत्तर कोरियाले आफू अमेरिकामाथि आक्रमण गर्न सक्षम भइसकेको दाबी गर्दै आएको छ ।

प्योङयाङको क्षेप्यास्त्रमा विज्ञता तीव्र गतिमा अघि बढिरहेको र अमेरिकी जासूसहरूलाई यसको सफलताका बारेमा थाहा पाउन गाह्रो भएको पम्पियोले चेतावनी दिए ।


अघिल्लो हप्ता अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले पनि उत्तर कोरियासँगको विवाद कूटनीतिमार्फत हल गरिने बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले किम जोङ–उनसँग संवाद गर्न खोजेर समय खेर नफाल्न टिलरसनलाई सार्वजनिक रूपमा आग्रह गरेका थिए ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्