११ साउन २०८३, सोमबार

संसद्‍मा माओवादी सांसदले भने– अन्यथा यतिबेला रवि अमेरिका र बालेन र्‍याप गाउँदै हुनुहुन्थ्यो

जेठ २९, २०८१
काठमाडौं
संसद्‍मा माओवादी सांसदले भने– अन्यथा यतिबेला रवि अमेरिका र बालेन र्‍याप गाउँदै हुनुहुन्थ्यो
रवि लामिछाने र बालेन शाह ।

सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले आफूहरूले लडेर ल्याएको गणतन्त्र र संविधानका कारण बालेन शाह, हर्क साम्पाङ र रवि लामिछानेहरू राजनीतिमा स्थापित भएको बताएका छन् । तर अहिले देशमा केही भएको छैन भन्नेखाले निराशा बाँढ्ने काम बुद्धिजीवीबाट भइरहेको उनले जिकिर गरे । 

मंगलवार राष्ट्रियसभा बैठकको विशेष समयमा माओवादी सांसद सुवेदीले पुराना दलसँग मतदाता रिसाएर नयाँ दलको उदय भएको भन्ने कुरा गलत भएको बताएका हुन् । पुराना दलले ल्याइदिएको समावेशी संविधानका कारण नयाँले अवसर पाएको उनले बताए । 

झक्कुप्रसाद सुवेदी (फाइल तस्वीर ।

‘खास परिस्थितिमा निराशा युरोप अमेरिकामा पनि देखिन्छ । कसैले के भन्छन् भने पुराना पार्टीसँग रिसाएर नयाँ पार्टी आए । मलाई त्यस्तो लाग्दैन, समस्या आइसकेपछि समाधान खोज्नेतिर जानुपर्छ । तथ्यलाई हल्लाले छोपिरहेको छ । बालेन, हर्क र रविहरू आए । भोट पाए, चुनाव जिते । बालेन, हर्क र रविहरू नयाँ संविधानले गर्दा आएका हुन् । हामीले संविधान नबनाएको भए यहाँ उनीहरूको उपस्थिति देखिन्नथ्यो,’ सुवेदीले भने । 

जनताको बलिदानका कारण नयाँ पार्टी उदाएको सुवेदीले बताए । ‘उहाँहरूले कति जित्नु भएको छ र ? प्रत्यक्षमा ८ वटा जितेको होइन ? गणतन्त्रमार्फत जनताको शीर उठाउने थिएनौं भने रविजी अमेरिका, बालेन र्‍याप गीत (मैले त बुझ्दा पनि बुझ्दिन) गाइरहेको र हर्क कतै हुनुहुन्थ्यो,’ उनले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्