०७ असार २०८३, आइतबार

अब तपाईलाई गुगलले गराउनेछ मङ्गल ग्रहको यात्रा

कात्तिक २०, २०७४
अब तपाईलाई गुगलले गराउनेछ मङ्गल ग्रहको यात्रा

काठमाडौं, ४ कार्तिक – यदि तपाई मंगल ग्रहको अज्ञात ठाउँका बारेमा जान्न चाहनुहुन्छ भने तपाई पक्कै पनि यो कुरा जान्न उत्सुक हुनुहुन्छ । तपाई अब घर बसेरै मंगल ग्रहमा घुम्न सक्नुहुनेछ । गुगलले नासासँग मिलेर आफ्ना प्रयोगकर्ताका लागि यसको अभ्यासी शयर शुरु गरेको छ ।

गुगलको क्रियटिभ ल्याबले आफ्नो ब्लग पोस्टका माध्यमबाट उक्त कुराको जानकारी दिएको छ । ‘यो अनुभव बेववीआरको प्रयोग गरेर बनाइएको हो, कुनै एपविना नै तपाईलाई मंगल ग्रहको बारेमा बुझाउनेछ , तपाईले ब्राउजरको माध्यमबाट यसको आनन्द लिन सक्नुहुनेछ ।’, गुगल अर्थ ब्लगमा लेखिएको छ ।

त्यस्तै नासको क्युरिओसिटी रोवलले लिएको भिडियोमा अरु तस्वीरको माध्यमबाट मंगल ग्रहको शयर गराइदिनेछ ।
यो अनुभव नासा जेट प्रोप्लसन ल्याबरोटरीले अनलाइन सफ्टवेयरको मद्दतद्वारा निर्माण गरेको छ ।

उक्त परियोजनाको नेतृत्व गर्ने जेपीएल के ओपीएस ल्याबका प्रमुख परियोजना प्रबन्धक विक्टर लु ले बताएका छन्, ‘हामी वीआर र एआर प्रविधिको मद्दतले हाम्रा वैज्ञानिकलाई मंगल ग्रहमा लैजान सक्षम हुनेछौं, अब संसारका हरेक व्यक्ति मंगल ग्रहको शयर गर्नेछन् ।’

कमेन्ट गर्नुहोस्