११ साउन २०८३, सोमबार

लेवान्डोस्कीले युरोकपको पहिलो खेल गुमाउने

जेठ ३०, २०८१
काठमाडौं
लेवान्डोस्कीले युरोकपको पहिलो खेल गुमाउने

पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोस्कीले युरोपियन च्याम्पियनसिप (युरोकप) फूटबल प्रतियोगिताको पहिलो खेल गुमाउने भएका छन् ।

मंगलवार युरोकपको तयारीस्वरुप टर्कीविरुद्ध खेलिएको मैत्रीपूर्ण खेलमा स्ट्राइकर लेवान्डोस्की घाइते भएका थिए । सो खेलमा बार्सिलोनाबाट व्यावसायिक फूटबल खेल्ने उनले ३३ मिनेटमा मैदान छाडेका थिए ।

लेवान्डोस्कीको मांसपेशीमा समस्या देखिएको पोल्यान्ड फूटबल संघले जनाएको छ ।

उनी घाइते हुनका बाबजुद सो खेल पोल्यान्डले २–१ गोल अन्तरले जितेको थियो ।

पोल्यान्डले आइतवार नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगिताको शुरूवात गर्नेछ । यो खेलमा कप्तान लेवान्डोस्की उपलब्ध नहुने भएका हुन् ।

यसपछि पोल्यान्डले जनु २१ मा अस्ट्रिया र जुन २५ मा फ्रान्सको सामना गर्नेछ ।

युरोकप यही जुन १५ देखि जर्मनीमा शुरू हुँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्