०२ असार २०८३, मंगलबार

देवकोटालाई माओवादीले सोध्यो स्पष्टीकरण

जेठ ३१, २०८१
काठमाडौं
देवकोटालाई माओवादीले सोध्यो स्पष्टीकरण

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले माओवादीकै चुनाव चिह्न लिएर निर्वाचित गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई कारबाही प्रक्रिया अघि बढाएको छ । त्यसका लागि नेपाल समाजवादी पार्टीका नेता देवकोटाले माओवादी संसदीय दलको ह्विप उल्लङ्घन गरेकाले कारबाही गर्न स्पष्टीकरण सोधेको छ ।

माओवादी केन्द्रका प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाले सांसद देवकोटालाई २४ घण्टाभित्र जवाफ पेस गर्ने गरी प्रदेश संसदीय दलले
स्पष्टीकरण सोधेको जानकारी दिए ।

 “माओवादीले उहाँ (फणीन्द्र देवकोटा) लाई कारबाही गर्न प्रक्रिया अघि बढाएको छ । प्रदेश सभाबाट स्पष्टीकरण सोधेको छ । जवाफ आएपछि अगाडि बढेर कारबाही हुन्छ,” उनले भने । गोरखपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्