११ असार २०८३, बिहीबार

स्वास्थ्य मन्त्री नदेखेपछि जब अमरेश सिंह संसद्‌को रोष्ट्रममा नबोली उभिरहे...

जेठ ३१, २०८१
काठमाडौं
स्वास्थ्य मन्त्री नदेखेपछि जब अमरेश सिंह संसद्‌को रोष्ट्रममा नबोली उभिरहे...
फाइल तस्वीर

विनियोजन विधेयक माथिको छलफलका क्रममा स्वास्थ्य मन्त्री नदेखेपछि स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह केहीबेर संसद्‌को रोष्टममा उभिएका छन् । 

विनियोजन विधेयकमाथि खर्च कटौती प्रस्ताव पेश गर्न संसद्‌को रोष्टममा पुगेका सांसद सिंहले स्वास्थ्य मन्त्री नहुँदासम्म छलफल रोक्न माग गरे । 

‘स्वास्थ्य मन्त्रीलाई केही कुरा सुनाउन छ, उहाँ नआउदासम्म छलफल यही रोकौं, नत्र म यही उभिरहन्छु’ अमरेशले भने । 

त्यसपछि सभामुख देवराज घिमिरेले एकछिन रोकिन आग्रह गरे । ‘माननीयजी रोकिनु होला, मन्त्रीजी केहीबेरअघि यही हुनुहुन्थ्यो दिसा–पिसाबका लागि बाहिर जानुभएको होला । यही कतै हुनुहुनछ । त्यतिन्जेल अन्य माननीयजीहरू पनि धैर्य गर्नुहोला’ सभामुख घिमिरेले भने । 

आधा मिनेट अमरेश रोष्टममा मौन बसे । त्यसपछि स्वास्थ्य मन्त्री प्रदीप यादव संसद् बैठकमा प्रवेश गरे । ‘मन्त्रीजी आउनुभयो, माननीयज्यू अगाडि बढ्नुस’ त्यसपछि सभामुखले भने । त्यसपछि अमरेशले छलफल शुरू गर्दै मन्त्रीलाई सोधे– ‘के कारणले मधेशमा रेफरल अस्पताल छैन ?’

अर्थ मन्त्रालय विदेशी एजेण्ट मन्त्रालय
सांसद सिंहले अर्थ मन्त्रालय नेपालीको नभई विदेशीको एजेण्टजस्तो बनेको आरोप लगाए । ‘मैले २०७० सालमा पनि भनेको थिएँ– अर्थमन्त्रालय विदेशीको एजेण्ड मन्त्रालय बन्यो, जनताको प्रतिनिधि मन्त्रालय होइन । नेपाली जनताको मन भावनासँग गाइडेड भएको छैन,' उनले भने ।

सांसद सिंहले नेताले जनता ठग्नेबाहेक केही काम नगरेको आरोप लगाए । ‘देशमा निराशा बढेको छ । नैतिक मूल्य शून्यमा झरेको छ, किनकी देशमा नैतिकताको खडेरी छ । नेताले सधैंजस्तै जनतालाई निरन्तर ठगिरहेका छन् । जनताको कुरा सुन्न छाडेर जनताले आफ्नो डम्फु बजाइरहेका छन्’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्