३१ जेठ २०८३, आइतबार

पटका पड्काउदा तीस जनाको आँखामा चोट

कात्तिक २०, २०७४
पटका पड्काउदा तीस जनाको आँखामा चोट

नयाँदिल्ली, ३ कात्तिक - भारतको तेलङगाना राज्यमा पटका पड्काउदा आँखामा चोट लागेका काम्तीमा तीस जना अस्पताल भर्ना भएका छन् । 


दीपावलीको अवसरमा बिहीबार बेलुका पटका पड्काउदा उनीहरूको आँखामा चोट लागेको राज्यका स्वास्थ्य मन्त्रीले शुक्रबार जानकारी दिनुभएको छ । 

उनीहरू सवैको अहिले सरकारी अस्पताल सरोजिनी आँखा अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । 
भारतमा दीपावलीको वेला पटका पड्काउने प्रचलन अत्यधिक रहेकाले अरु पनि धेरै जनाको आँखामा चोट लागेको हुन सक्ने अनुमान गरिएको छ । 

“गएराती देखि सरोजिनी आँखा अस्पतालले मात्रै ३० जनाको उपचार गरेको छ,” राज्यका स्वास्थ्य मन्त्री सी लक्ष्मण रेड्डीले भन्नुभयो । 

आँखामा चोट लागेका मध्ये छ जनाको शल्यक्रिया नै गर्नु पर्ने अवस्था रहेको चिकित्सकले बताएका छन् । 
उनीहरुलाई पर्याप्त हेरचाहसहितको राम्रो स्वास्थ्य सेवा दिइरहेको पनि मन्त्री रेड्डीले बताउनुभयो । 

भारतमा अहिले मनाइरहिएको हिन्दुहरूको पर्व दीपावलीलाई दीप वा उज्यालोको पर्व पनि भनिन्छ । यो पर्वमा अत्यधिक पटकाहरु पड्काउने गरिन्छ । रासस 

salt training

कमेन्ट गर्नुहोस्