१० असार २०८३, बुधबार

देशकै ठूलो विद्युत् सबस्टेसनको आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दै

जेठ ३२, २०८१
काठमाडौं
देशकै ठूलो विद्युत् सबस्टेसनको आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दै

मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं  विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको छ ।

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेनसम्मको एक सय ५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । 

अब यो प्रसारण लाइनबाट चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित हेटौँडा सबस्टेसनको आज उद्घाटन गर्ने कार्यक्रम रहेको सबस्टेशन आयोजना प्रमुख शुक्रराज देवकोटाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्