११ असार २०८३, बिहीबार

सिंहदरबार भित्र प्रवेश गर्न ई–गेट पास लागू

जेठ ३२, २०८१
काठमाडौं
सिंहदरबार भित्र प्रवेश गर्न ई–गेट पास लागू

सरकारले सिंहदरबार भित्र प्रवेश गर्न ई–गेट पास सञ्चालनमा ल्याएको छ ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यअनुरूप गृह मन्त्रालयले क्यूआर कोडसहितको ‘सिंहदरबार गेट पास प्रणाली ’ सञ्चालनमा ल्याएको हो ।

अब प्रविधिको प्रयोग गरी सेवाग्राहीले घरबाटै सिंहदरबार प्रवेशका लागि पास लिन सक्नेछन्।

आफ्नो सय दिनको कार्यकालमा भएका प्रगतिबारे संक्षिप्त जानकारी दिने क्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भने, ‘पहिला सिंहदरबार कसैको भनसुनका आधारमा मात्रै प्रवेश गर्न पाइन्थ्यो, अब सबैलाई खुला छ । तर, सेक्युरिटी जाँच कडाइका साथ हुन्छ ।’

सो प्रणाली बमोजिम सेवाग्राहीले लिने सेवा सहजीकरणका लागि सिंहदरबार प्रवेश पास प्रणालीको प्रयोगकर्ता पुस्तिका तयार गरी मन्त्रालयको वेबसाइटमा राखिएको छ।

वेबसाइटमा गएर सेवाग्राहीले लगइन गरेपछि ई–गेट पासको क्यूआर प्राप्त गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्