०७ असार २०८३, आइतबार

दिदीबहिनी वा दाजुभाई साथमा नहुनेहरु रानीपोखरीमा (तस्बिरसहित)

कात्तिक २०, २०७४
दिदीबहिनी वा दाजुभाई साथमा नहुनेहरु रानीपोखरीमा  (तस्बिरसहित)
ranipokhari1
काठमाडौं, ४ कात्तिक- भाइटिकामा दिदीबहिनी वा दाजुभाई नहुनेहरुको मन खिन्न हुन्छ । दिदीबहिनी तथा दाजुभाईको बिशेष पर्व भएकाले अरु समयमा नसम्झिनेहरुले पनि भाइटिकामा दिदीबहिनी वा दाजुभाई सँगै भइदिए हुन्थ्यो भन्ने सोचाई राख्छन् ।

तर दिदीबहिनी वा दाजुभाई नहुनेहरु पनि प्रसस्तै छ । भाइटीकामा दाजुभाइ र दिदीबहिनी नहुनेहरुले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टीका लगाउने प्रचलन उहिल्यैदेखि रहेको छ । वर्षदिन बन्द रहने बालगोपालश्वर महादेवको मन्दिर सर्वसाधारणका लागि वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ला गरिन्छ । शनिबार भाइटीकाको दिन बालगोपालेश्वरमा गएर टीका लगाउनेहरुको चहलपहल छ ।

भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्वीर राखेर पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ । २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेश गरेर मानिसहरु पोखरामा हाम फालेर आत्महत्या गर्ने समस्या भएपछि बन्द गरिन्थ्यो ।
ranipokhari_2
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी नहुने दाजुभाइले पूजा एवम् दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद्हरु बताउँछन् । अहिले पनि खञ्जनेश्वरमा भाइटीकाका दिन भक्तजनको भीड लाग्ने गर्दछ । ०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।

गोरखा भूकम्पले बालगोपालेश्वर मन्दिरमा क्षति पुगेपछि खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी र दाजुभाइ नहुनेहरुको भीड लाग्न थालेको छ ।






ranipokhari1_1ranipokhari_4
ranipokhari_3

ranipokhari1_1

कमेन्ट गर्नुहोस्