
टाटा मोटर्सले लोकप्रिय विद्युतीय गाडी टियागो ईभीको मूल्य परिमार्जन गरेको छ ।
नयाँ मूल्य अनुसार टियागो ईभीका सबै मोडलहरूमा एक लाख रुपैयाँ वृद्धि भएको छ । अब टियागो ईभी लङ्ग रेञ्जको शुरूवाती मूल्य २७ लाख ४९ हजार रुपैयाँ हुनेछ ।
नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण रु २.५ लाख देखि ३ लाखसम्म मूल्य बढ्ने भए पनि सिप्रदी ट्रेडिङ्ग प्रालि र टाटा मोटर्स लिमिटेडको सहकार्यमा मूल्य धेरै बढ्दा ग्राहकहरूलाई पर्न जाने भारलाई मध्यनजर गर्दै मूल्यमा न्यूनतम वृद्धि गर्न लागिएको हो ।
कम्पनीका अनुसार अहिले टियागो ईभी किन्न चाहने ग्राहकलाई सीमित स्टक प्रि–बजेट मूल्यमा उपलब्ध गराइने छ ।
टियागो ईभी नेपालको विद्युतीय चार पांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक हो ।
हालसम्म यस गाडीका २,००० भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेको र यो संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको कम्पनीले जानकारी गराएको छ ।
टाटा टियोगो ईभी आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ ।
दैनिक तथा व्यक्तिगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको छ ।