०२ साउन २०८३, शनिबार

किमसँगको भेटमा पुटिनले भने– हामीलाई गरेको समर्थनको कदर गर्छु

असार ५, २०८१
काठमाडौं
किमसँगको भेटमा पुटिनले भने– हामीलाई गरेको समर्थनको कदर गर्छु

मस्को–उत्तर कोरियाको भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षी नेता किम जोङ अनसँग भेटवार्ता गरेका छन् । 

उनले युक्रेन युद्धलगायतका रुसी नीतिहरूमा उत्तर कोरियाले जनाएको समर्थनको कदर गर्दै यसका लागि उत्तर कोरिया, त्यहाँका जनता र सरकारप्रति नेता पुटिनले धन्यवाद ज्ञापन गरेको रुसी सञ्चारमाध्यमले जनाएका छन् । 

‘युक्रेनी मुद्दासहित रूसी नीतिमा यहाँको व्यवस्थित र स्थायी समर्थनको हामी निकै कदर गर्छौं,’ उत्तर कोरियाली नेतासँगको बैठकमा पुटिनले भने । 

प्योङयाङमा आयोजित समारोहपछि पुटिनले ’समानता र पारस्परिक चासोको सम्मानको सिद्धान्तमा आधारित’ द्विपक्षीय सहयोगको घोषणा गरे । 

‘रुस र उत्तर कोरिया धेरै दशकदेखि बलियो मित्रता र घनिष्ठ छिमेकी सम्बन्धमा बाँधिएका छन्,’ उनले भने । 

दुई देशका नेताहरूको बढ्दो घनिष्ठ सम्बन्धले सियोल र वासिङ्टनका लागि चिन्ता उत्पन्न गरेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्