२६ जेठ २०८३, मंगलबार

जितका लागि साउथ अफ्रिकाले दियो अमेरिकालाई १९५ रनको लक्ष्य

असार ५, २०८१
काठमाडौं
जितका लागि साउथ अफ्रिकाले दियो अमेरिकालाई १९५ रनको लक्ष्य

आईसीसी टी–२० विश्वकपको सुपर ८ को खेलमा साउथ अफ्रिकाले अमेरिकालाई जितका लागि १९५ रनको लक्ष्य दिएको छ । 
बुधबार टस हारेर पहिले ब्याटिङ गरेको साउथ अफ्रिकाले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १९४ रन बनायो । 

दक्षिण अफ्रिकाका लागि क्वीन्टन डी ककले सर्वाधिक ७४ रनको योगदान दिए । यसैगरी कप्तान ऐडन मार्क्रमले  ४६ रन जोडे । 

हेनरिच क्लासनले २२ बलमा ३६ रन तथा ट्रिस्टन स्टब्सले १६ बलमा २० रन जोड्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए ।

यता अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले २–२ विकेट लिए । 

salt training

कमेन्ट गर्नुहोस्