
युरो कप २०२४ मा विजयी यात्रा जारी राख्दै आयोजक जर्मनी प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधवार राति सम्पन्न समूह चरणको आफ्नो दोस्रो खेलमा हंगेरीलाई २-० ले हराउँदै जर्मनी दोस्रो चरणमा प्रवेश गरेको हो ।
जर्मनीलाई जिताउन जमाल मुसियाला र इलकाय गुन्डोगानले समान १-१ गोल गरे ।
मुसियालाले २२औं मिनेटमा अग्रता दिलाएका थिए । ६७औं मिनेटमा गुन्डोगानले गोल गर्दै जर्मनीको जीत सुनिश्चित गरे ।
पहिलो खेलमा स्कटल्यान्डलाई ५-१ को फराकिलो अन्तरले हराएको जर्मनीको २ खेलमा ६ अंक भएको छ ।
पहिलो खेलमा स्विट्जरल्यान्डसँग पराजित हंगेरी भने २ खेलमा अंकविहीन छ ।