११ असार २०८३, बिहीबार

लुम्बिनी प्रदेशसम्म फैलियो मनसुन, कर्णाली र सुदूरपश्चिम पुग्न अझै केही दिन लाग्ने

असार ६, २०८१
काठमाडौं
लुम्बिनी प्रदेशसम्म फैलियो मनसुन, कर्णाली र सुदूरपश्चिम पुग्न अझै केही दिन लाग्ने

यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म फैलिएको छ । 

गत जेठ २८ गते  कोशी प्रदेशबाट भित्रिएको मनसुन पश्चिमतर्फ सर्दै आज लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

'मनसुन आज कोशी प्रदेशको बाँकी भेग, मधेश, वाग्मती, गण्डकीका अधिकांश भेग र लुम्बिनीका पूर्वी भेगमा आगमन भएको छ,' महाशाखाले जारी गरेको मनसुनसम्बन्धी बुलेटिन भनिएको छ ।

आज लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको मनसुन कर्णाली र सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्नसक्ने महाशाखाले जनाएको छ ।

यस वर्षको मनसुन सरदर मिति (जुन १३ तारिख)भन्दा ३ दिन छिटो अर्थात् (जुन १० तारिख) मा कोशी प्रदेशमा भित्रिएको थियो । तर पश्चिमी वायुको प्रभावका कारण पश्चिमतर्फ सर्न ढिलाइ भएको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्