
सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बरहथवा नगरपालिका- ५ स्थित नेपाल टेलिकमको कार्यालयमा काम गर्ने सोही नगरपालिका- १० बस्ने २१ वर्षीय आवोध ठाकुर छन् ।
ठाकुरको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
टेलिकम कार्यालयमा काम गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि सरस्वती अस्पताल हरिवन पुर्याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
साथै करेन्ट लागेर घाइते भएका उनकै भाइ आनन्द ठाकुरको एडभान्स सञ्जीवनी अस्पताल बरहथवामा उपचार भइरहेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।